Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • चितवनमा भरत गुरुङको हत्या आरोपमा पेस्तोलसहित सैनिक पक्राउ

    चितवनमा भरत गुरुङको हत्या आरोपमा पेस्तोलसहित सैनिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 5.2K
    SHARES

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले  नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

    हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई पक्राउ गरेको छ ।



    नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा भन्ने स्थान नजिकैको पुलमा लाश फेला परेको थियो ।



    उनको टाउकोमा गोली लागेको थियोे । प्रहरी प्रहरी ढकालको साथबाट  गुरुङलाई गोली हान्न प्रयोग भएको एक थान पेस्तोल र एउटा एसएमजी बरामद गरेको छ ।

    पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले  पत्रकार सम्मेलन गरेर हत्यारा सार्वजनिक गर्ने जनाएको छ ।

    प्रहरीले घटनास्थलबाट गोलीको खोका समेत बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार