Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौँमा विप्लवको दौडधूप, राप्रपा अध्यक्ष थापासँग भेटवार्ता

    काठमाडौँमा विप्लवको दौडधूप, राप्रपा अध्यक्ष थापासँग भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुविच भेटवार्ता भएको छ।

    शुक्रबार नेकपाका महासचिव नेत्रविक्रम चन्द’ ‘विप्लव’ र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए।



    नेकपा र राप्रपाका नेताहरुबीचको भेटवार्तापछि नेता प्रकाण्डले सामाजिक संजालमा फोटो शेयर गर्दै सोबारे जानकारी दिएका हुन् । यद्यपि भेटवार्तामा भएको कुराकानीबारे उनले केही बताएका छैन्।



    गत असार अन्तिमदेखि राजधानीमा भेटवार्तालाई तिब्रता दिँदै आएका नेकपा महासचिव विप्लवले पछिल्लो समय शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्दै आएका छन् ।

    विप्लवको भेटवार्ता यस्तो रहेको थियो :

    मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता ।

    मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता ।

    मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता ।

    मिति २०७८ साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट ।

    मिति २०७८ साउन ३ गते एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता ।

    मिति २०७८ साउन ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता ।

    मिति २०७८ साउन ६  गते प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार