Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना बढेका कारण काठमाडौँमा पुन : निषेधाज्ञा थपिने !

    कोरोना बढेका कारण काठमाडौँमा पुन : निषेधाज्ञा थपिने !

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा साउन १० गतेपछि पुन : निषेधाज्ञा थपिने सम्भावना बढेको छ।

    पछिल्ल्ला केही दिनयता काठमाडौँ उपत्यकाका जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)हरुमा कोरोना भाइरसको संक्रमण दर पुन: बढ्दै गएका कारण निषेधाज्ञा थपिने सम्भावना बढेको हो ।



    यसका लागि उपत्यकाका तीन वटै सीडीओहरुबीच अनौपचारिक रुपमा छलफल समेत भइरहेको र आगामी आइतबार संयुक्त बैठक बसेर अन्तिम निर्णय गरिने काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार अबको निषेधाज्ञा एक सातादेखि १० दिनसम्म थपिने सम्भावना रहेको छ ।



    हाल अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनलाई आवत् जावत गर्न दिइएको छ ।  यस्तै, उपत्यकामा सभा, समारोह पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, जिमखाना शैक्षिक संस्था बन्द छन् ।

    उपत्यकामा गत वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा अहिले सम्म पनि जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार