Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • श्रीमानको ‘पोर्न फिल्म’ प्रकरणमा मुछिइन् शिल्पा शेट्टी, साझेदार देखिए आजै पक्राउ पर्ने

    श्रीमानको ‘पोर्न फिल्म’ प्रकरणमा मुछिइन् शिल्पा शेट्टी, साझेदार देखिए आजै पक्राउ पर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 3.5K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो पति राज कुन्द्राको ‘पोर्न फिल्म’ प्रकरणमा मुछिएकी छिन्।

    पुलिसले राज कुन्द्रा मात्र नभइ उनको वियान कम्पनीका निर्देशक र कार्यालयमा काम गर्ने अन्य कर्मचारीलाई कानुनी नोटिस पठाएर सोधपुछको लागि बोलाउन सुरु गरेको एबीपीन्यूजले जनाएको छ । पुलिसले नायिका शेट्टी पनि यो कम्पनीको महत्वपूर्ण पदमा रहेको र उनले यो पद २०२० मा छोडेको आशंका गरेको छ ।



    कम्पनीमाथि २०२० भन्दा अगाडिदेखि नै अश्लील सामग्री उत्पादन गरेको आरोप लागेकोले यदि शिल्पा कम्पनीको महत्वपूर्ण पदमा रहेको पाइएमा उनी विरुद्ध पनि मुद्दा चल्ने देखिएको छ।



    राज कुन्द्राका अधिकांश व्यवसायमा शिल्पा शेट्टी साझेदार छिन् । यस्तोमा यो धन्दामा पनि उनी साझेदार हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढिरहेको पुलिसले बताएको छ ।

    क्राइम ब्रान्चका एक अधिकारीले एबीपी न्यूजसँग भनेका छन्, ‘हामीले कम्पनीका आइटी र वित्तीय विभागका कर्मचारीलाई नोटिस पठाएर उनीहरुको बयान लिन सुरु गरेका छौं । शिल्पा शेट्टी पनि महत्वपूर्ण पदमा थिइन् र उनले त्यो पद २०२० मा छोडेकी थिइन् । उनले पद त्यतिबेला छोडेकी थिइन् जतिबेला महाराष्ट्र साइबरले यस्तै किसिमका अश्लील भिडियोको मामिलामा एफआइआर दर्ता गरेको थियो ।’ उनका अनुसार क्राइम ब्रान्चले को–कोले हालै पद छोडेका छन् भन्ने पनि जाँच गरिरहेको छ । आवश्यकता परे शिल्पा शेट्टीलई बोलाइने उनले बताए ।

    वियान कम्पनीका अलावा शिल्पा कुन्द्राको जेएल स्ट्रिमकी पनि ब्रान्ड एम्बेसेडर हुन् । क्राइम ब्रान्चले हालै जेएल स्ट्रिमको कार्यालयमा छापा मारेर कैयौं दस्तावेज नियन्त्रणमा लिएको छ ।

    यसअघि आज मात्रै नायिका शेट्टीले सामाजिक संजालमार्फत्  एउटा पुस्तकको तस्वीर शेयर गर्दै लेखेकी छन्, ‘म गहिरो श्वास लिन्छु, यो जानिजानी कि म जिउँदै छु र भाग्यमानी छु। मैले पहिला पनि चुनौतीको सामाना गरेको छु र भविष्यमा पनि चुनौतीको सामाना गरेर बाँच्नेछु ।आज मलाई जीवनबाट कसैले पनि भड्काउन सक्दैन।’

    अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनको पीत कुन्द्रालाई सोमबार राती मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार