Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् विस्तार : थप ६ जना मन्त्रीले लिए शपथ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

गत जेठ २९ गते मुख्यमन्त्री बनेका पोखरेलले झन्डै डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

जसमा कांग्रेसबाट विन्दुकुमार थापा, कुमार खड्का, मेषलाल श्रेष्ठ र मणिभद्र शर्मा रहेका छन् भने माओवादीबाट रामजी बराल, दीपक घर्ती मगर र चन्द्रबहादुर बुढा रहेका छन्।

थपिएका ६ जना मन्त्रीहरुले आजै प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी छिन् ।

शपथ लिनेहरुमा कांग्रेसबट क्रमश: विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा रहेका छन्।

यस्तै माओवादी केन्द्रबाट रामजी बराल अर्थ, दीपक घर्ती मगर वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढा भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077