Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रतिनिधिसभा बैठक

    देउवालाई बधाई दिँदै नेम्वाङले प्रश्न गरे – आफ्नो पार्टीमा ह्विप लाग्ने, अरुमा लाग्दैन भन्ने ?

    देउवालाई बधाई दिँदै नेम्वाङले प्रश्न गरे – आफ्नो पार्टीमा ह्विप लाग्ने, अरुमा लाग्दैन भन्ने ?

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दल, दलका नेता र आफ्नातर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

    आज प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै उनले भने, ‘हामीले नयाँ प्रधानमन्त्री पाएका छौँ, बधाई दिन उभिएको छु, केही जिज्ञासा छन्, ती विषय सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु ।’ कांग्रेस सभापति देउवा अदालतको परमादेशअनुरुप गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।



    विसं २०४८ देखिकै संसद्मा प्रधानमन्त्री देउवासँग एमालेको मित्रता र उठबस रहेको स्मरण गर्दै पूर्वसभामुख नेम्वाङले भने, ‘हामी जिम्मेवार प्रतिपक्षको भूमिका खेल्छौँ, कस्तो संस्कृतिको विकास गर्ने भन्नेमा हामीले हेक्का गर्नुपर्छ ।’ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिपृथकीकरण कायम गर्ने सन्दर्भमा सर्वाेच्च अदालतको फैसलाले कमजोर तुल्याएको जनाउँदै तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न पाउने र ताजा जनादेशमा जाने कुरालाई निरङ्कुश भन्न नमिल्ने धारणा व्यक्त गरे ।



    ‘शक्ति सन्तुलनको सिद्धान्तका आधारमा सन्तुलन र समन्वय हुनुपर्छ, फैसलाबाट सन्तुलन खलबलिन पुगेको छ भन्ने भान भएको छ, यसमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु चाहन्छु’, उपनेता नेवाङले भने, ‘बेठीकलाई बेठीक भन्छौं, जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छाैं, प्रत्येक मन्त्रालयको अनुगमन गर्छाैं, सरकार के गर्दैछ भनी निगरानी राख्छौं, तपाईसँग सम्बन्ध राख्छौँ, पार्टीभित्रका अरुसँग गठबन्धन गर्दैनौँ ।’

    नेता नेम्वाङ्ले दलबीच कतिपय विषय र मुद्दामा सिद्धान्त फरक धारणा, दृष्टिकोण र असहमति रहे पनि जनताले बनाएको संविधानमार्फत व्यवस्था गरिएको शक्तिपृथकीकरण, शक्ति सन्तुलन, लोकतन्त्र र दलीय अनुशासनका विषयमा भने देश पछाडि फर्कन्न भनी जनतालाई आश्वस्त तुल्याउन आवश्यक रहेको स्पष्ट पारे ।

    आफ्नो पार्टीमा ह्विप लाग्ने तर अरु पार्टीमा ह्विप लाग्दैन भन्नु कति लोकतान्त्रिक हो भनी प्रश्न गर्दै नेम्वाङले अदालतबाट दलको निर्वाचन चिह्न र टिकटमा उठेको सांसदलाई पार्टीको नियन्त्रण नहुने व्यवस्थाले लोकतन्त्र र दलीय व्यवस्थालाई संस्थागत गर्न मलजल नगर्ने धारणा गरे।

    सरकार विस्तार गर्न ढिलाइ भएका प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै उनले शान्ति प्रक्रियालाई पूर्णता दिन तथा लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा सफलतापूर्वक कार्यान्वयनमा लैजाने सवालमा आफ्नो पार्टीको पूर्ण सहयोग र समर्थन रहेको विश्वास दिलाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार