Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • श्रीमतीको भेषमा कोरोना सङ्क्रमित विमान चढेपछि…

    श्रीमतीको भेषमा कोरोना सङ्क्रमित विमान चढेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 2K
    SHARES

    एजेन्सी। श्रीमतीको भेषमा इण्डोनेसियाको आन्तरिक यात्राका लागि विमान चढेका एक कोभिड सङ्क्रमित व्यक्तिलाई उडानकै क्रममा आकाशमै पहिचान गरिएको छ।

    डीडब्ल्यू भनिएका ती व्यक्तिले श्रीमतीको राहदानी र कोभिड परीक्षण रिपोर्ट लिएर अनुहार पूरै छोपिने निकाब लगाएर विमानस्थलमा अधिकारीहरूलाई झुक्क्याएका थिए। उनले उडानको बीचमै निकाब खोलेर पुरुषको कपडा लगाएपछि विमान परिचारिकाहरू सशङ्कित भएका थिए।



    पछिल्लो समय इन्डोनेशियामा जुलाई १९ मा सुरु भएको इदको बेला धेरै वायुसेवाले यात्रामा कडाइ गरेका बेला प्रहरीले ती व्यक्तिलाई विमान अवतरण हुने बित्तिकै पक्राउ गरेर कोभिड परीक्षण गरिएको बताएका छन् ।



    अहिले कोभिड सङ्क्रमित भएको पत्ता लागेपछि उनलाई घरमै आइसोलेशनमा राखिएको छ। प्रहरीले उनको क्वारन्टीन अवधि सकिएपछि उनीमाथि मुद्दा चलाउने बताएको छ।

    एशियामा कोरोनाभाइरसको केन्द्रबिन्दु बनिरहेको इन्डोनेशियामा यात्रामा कडा प्रतिबन्धहरू लगाइएको छ। दक्षिण पूर्वी एशियाको यो देशमा दैनिक औसतमा ५०,००० जना कोभिड सङ्क्रमित थपिइरहेका छन्। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार