Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ड्युटीमा खटिएका इन्स्पेक्टरलाई धम्की दिने सांसद बने सामाजिक विकासमन्त्री

कास्की। गत जेठ २९ गते ड्युटीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई धम्की दिने प्रदेश सांसद गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका छन्।

कास्की प्रहरीका इन्सपेक्टर श्याम थापा मगरलाई डयुटीमा रहेका बेला धम्की दिने नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ सामाजिक विकासमन्त्री बनेका हुन्।

स्याङ्जाबाट समानुपातिक सांसद बनेका मन्त्री श्रेष्ठले जेठ २९ गते नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय जाँदै गर्दा इन्स्पेक्टर थापाको टोलीले निषेधाज्ञामा भिड गरेर हिँड्न नमिल्ने, सांसद बाहेक अन्यलाई अत्यावश्यक काम बाहेक हिँडडुलमा रोक लगाइएकाले हिँड्न नमिल्ने भन्दै रोकेको थियो।

त्यतिबेला इन्स्पेक्टर थापाले सांसदसहितको टोलीलाई रोकेपछि सांसद श्रेष्ठले प्रहरीलाई धम्की दिंदै ‘नाम के हो हिसाब किताब हुन्छ’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077