Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भरत गुरुङ हत्या प्रकरण : सेनाकै सिपाहीले गोली हानेको पुष्टि

    भरत गुरुङ हत्या प्रकरण : सेनाकै सिपाहीले गोली हानेको पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 3.2K
    SHARES

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नपाली सेनामा कार्यरत भरत गुरुङको हत्या सेनाकै सिपाहीले गरेको पुष्टि गरेको छ ।

    बिहीबार बिहान जिल्लाको शारदानगरस्थित घोलमा मृत भेटिएका नेपाली सेनाका गुरूङलाई सेनाकै सिपाही गंगाधर ढकालले गोली हानी मारेको प्रहरीले शुक्रबार पुष्टि गरेको हो।



    आज जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले घटनाबारे पत्रकार सम्मेलन गर्दै काठमाडौंबाट सँगै चितवन आएका भरतको साथी ढकालले नै गोली हानी हत्या गरेको पुष्टि भएको बताए।



    ‘बैना गरिएको जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरे’, एसपी अधिकारीले भने,’ गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएका थिए। भरतको चेक प्रायजसो गंगाधारसँगै हुन्थ्यो।’

    प्रहरी अनुसन्धानको क्रममा गते साउन २ गते भरतको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाताबाट गंगाधर आफैंले भरतको हस्ताक्षर गरेर ९ लाख रूपैयाँ समेत निकालेको खुलेको छ। एसपी अधिकारीकाअनुसार गंगाधरले बयानमा भरतको हस्ताक्षर सजिलो भएकाले आफैंले उनको हस्ताक्षर गरेर पैसा निकालेको बताएका छन्।

    गंगाधरलाई प्रहरीले बिहीबार अपरान्ह भरतपुर चनौलीबाट पक्राउ गरेको थियो भने उनको साथबाट एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकललगायत घटनामा प्रयोग भएका सामग्री समेत बरामद गरेको जनाएको छ।

    धादिङको निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनान पुगेर फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार