Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सपथग्रहणपछि पहिलोपटक देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    सपथग्रहणपछि पहिलोपटक देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शितलनिवासमा भेटवार्ता भएको छ ।

    शुक्रबार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको वताइएको छ।



    प्रधानमन्त्रीको सपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटघाटलाई नियमित भेटवार्ता भएको जनाइएको छ ।



    आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीले विपक्षी दलका नेता ओलीसँग भेटवार्ता गर्नुलाई अचम्मका रुपमा लिइएको छ।

    राष्ट्रपति भण्डारीले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासँग यसरी भेटेकी थिइनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार