Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओली-नेपालबीच विद्रोहको संकेत, गुल्मी पुगेका ज्ञवाली भन्छन् -पार्टी एकतालाई कसैले रोक्न सक्दैन !

गुल्मी । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए।

प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे।

नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताए । “केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरुका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि ! खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन”, ज्ञवालीले भने ।

नेता ज्ञवालीले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भई अघि बढने जिकिर गरे । एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठूलो कुरा र नौलो विषय नभएको उल्लेख गर्दै उनले खेलको नियममा रेफ्रिले निष्पक्ष रुपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने भन्दै नेता ज्ञवालीले बताए ।

तर, उता राजधानीमा भने संसदीय समितिको बैठकमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र ओली पक्षका नेता नारदमुनी रानालगायत बैठकमै भनाभन भएको छ।

यस्तै, आजै अध्यक्ष ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई बिकाउ मालको संज्ञासमेत  दिएका छन्। निरन्तर पार्टीका नेता नेपालमाथि खनिदै आएका पूर्वप्रधानमन्त्री ओलीले यसअघि पनि नेपाललाई ‘गद्दार’ को संज्ञा दिएका थिए। यस्तो अवस्थामा ओली र नेपालबीच पुन: विद्रोह हुने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077