Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सचिवहरुको सरुवा तयारी, गृहमा हैकम जमाएका महेश बस्नेतका ‘सारथी’ न्यौपाने अब कता ?

    सचिवहरुको सरुवा तयारी, गृहमा हैकम जमाएका महेश बस्नेतका ‘सारथी’ न्यौपाने अब कता ?

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 5K
    SHARES

    काठमाडौं। सरकारले सचिवहरुको सरुवाको तयारी थालेसँगै  आधा दर्जनभन्दा बढी  सचिवहरू गृहसचिव बन्न लबिङ गर्न थालेका छन्। । स्रोतका अनुसार एक दुई दिनमै सरकारले सचिवहरुको हेरफेर गर्ने तयारी गरेको छ । त्यसमा गृहसचिव फेरिने पक्कापक्की छ ।

    सचिवहरुको लागि गृह आकर्षकमन्त्रालय हो । सरकारको नेतृत्व फेरिने वित्तिकै गृह सचिव फेरिने परम्परा नै छ ।



    वर्तमान गृहसचिव महेश्वर न्यौपाने झण्डै दुई वर्षसम्म गृहमै बसे।  नेकपा एमालेको कार्यकर्ता जस्तै भएर गृहमा काम गरेका उनी पुन: गृहमै बस्न दौडधुप गरेका छन् ।



    उनी अहिले केही व्यापारीमार्फत प्रधानमन्त्री कार्यालयमा चलखेल गरिरहेको स्रोत वताउँछ। सरुवा भएको खण्डमा न्यौपानेले रक्षा वा संचार मन्त्रालय जान इच्छा देखाएको स्रोत वताउँछ ।

    गृहसचिव हुने दौडमा भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकाटी, प्रधामन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल , प्रदेश २का प्रमुखसचिव गोकर्णमुनि दवाडी तथा स्वास्थ्य सचिव लक्ष्मण अर्याल छन् ।

    पर्यटन सचिव यादव कोइराला, श्रम सचिव सूर्य गौतम तथा संघीय मामिला सचिव एकनारायण अर्याल पनि गृहसचिव हुन प्रयास गरेका छन् ।

    हालका गृहसचिब महेश्वर न्यौपानेलाई केपी ओली निकट  युवा नेता महेश बस्नेतको स्वार्थमा गृहमन्त्रालयमा १८ महिना अघि ल्याइएको थियो। न्यौपाने यति शक्तिशाली थिए कि उनले रामबहादुर थापा गृहमन्त्री छँदा थापासँग कुनै सल्लाह र सुझाब नलिकन महेश बस्नेतमार्फत केपी ओलीलाई ब्रिफिङ गर्ने गृहकै अधिकारीहरु वाताउने गर्छन।

    महेश बस्नेत उद्योग मन्त्री छँदा न्यौपानेलाई उद्योग बिभागको महानिर्देशक बनाएका थिए। न्यौपानेले महेश बस्नेतलाई प्रभावमा पारेपछि भान्जा सुजन पौडेलमार्फत प्रहरीको सरुवा, बढुवादेखि ठेक्कापट्टामा आर्थिक चलखेल गर्दै आएका समाचार सार्वजनिक भएका थिए । क्रसर र बालुवामा डिल बिग्रिएको बेला पौडेलले प्रहरी वृत बौद्धका तत्कालिन प्रमुख डिएसपी श्याम राईलाई घुस दिएर पक्राउ गराएका थिए।

    मामा न्यौपाने अख्तियारको सचिव रहेको बेला आँफै निबेदक बनेर पौडेलले स्टिङ अप्रेशन गर्न लगाइ राईलाई फसाएका थिए। पछि राईले बिशेष अदालतबाट सफाइ पाएका थिए।

    न्यौपाने यतिसम्म निरँकुश थिए कि आफ्नो बिरुद्द समाचार आएपछि प्रहरीको साइबर व्युरोलाई दबाब दिएर समाचार लेख्ने अनलाइनहरुलाई पत्र काटेर दु:ख दिने गर्दथे। न्यौपानेले साइबर व्युरोलाई दुरुपयोग गरी सूचना बिभागमा दर्ता भएका धेरै अनलाइनहरुलाई हैरानी पारेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार