Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एकदिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियालाई

    एकदिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियालाई

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । घरेलु टोली वेष्ट इन्डिजसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जितेको छ ।

    ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श्रृङ्खला जितेको हो ।



    वेष्ट इन्डिजले दिएको १५३ रनको लक्ष्य अस्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाका म्याथ्यु वेडले अविजित ५१ रनको अर्धशतकीय पारी खेले ।



    पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४१ ओभर ५ बलमा अलआउट हुँदै १५२ रन बनाएको थियो । उसका लागि इभान लेविसले अविजित ५५ रन जोडे ।

    अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा जोस हेजलवुड, अस्टन अगर र एडम जाम्पाले दुई दुई विकेट लिए ।

    दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको थियो भने पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डर्कवर्थ लुइस पद्धतिका आधारमा १३३ रनले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार