Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादीका नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकीको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको बेला माओवादीले उही पुरानै प्रमुखलाई सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077