Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • माओवादी स्थायी कमिटीको बैठक

    अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस

    अमिक शेरचन गण्डकी प्रदेश प्रमुखमा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादीका नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकीको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए।



    यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।



    पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको बेला माओवादीले उही पुरानै प्रमुखलाई सिफारिस गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार