Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लद्दाखमा तनाबकै बीच चिनियाँ राष्ट्रपतिले तिब्बत भ्रमण गर्दा भारतमा हलचल

    लद्दाखमा तनाबकै बीच चिनियाँ राष्ट्रपतिले तिब्बत भ्रमण गर्दा भारतमा हलचल

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2K
    SHARES

    एजेन्सी। राष्ट्रपति शी जिनपिङले अरुणाचल प्रदेशको नजिकै पर्ने रणनीतिक रूपमा महत्वपूर्ण तिब्बती शहर निनिचीको भ्रमण गरेर सबैलाई चकित पारे।

    शीर्ष सैन्य अधिकारीहरूसँग पनि भेटघाट गरे र तिब्बतमा विकास परियोजनाहरूको समीक्षा गरेका छन्।  तर, अमेरिकी सांसदले शी जिनपिङको तिब्बत भ्रमणलाई भारतको लागि खतरा ठहराएका छन् ।



    अमेरिकाका प्रभावशाली रिपब्लिकन सांसद डेभिड नुन्सले  चिनियाँ राष्ट्रपति सी जिनपिङको गत हप्ता तिब्बत भ्रमण भारतको लागि खतरा हो। जिनपिङले गत साता तिब्बतको भारतीय सिमाना नजिकै आफ्नो जीतको दाबी गरे।



    भारतीय मिडियाका अनुसार  यो एक अरब भन्दा बढी जनसंख्या र आणविक शक्ति भारतको लागि खतराको कुरा हो।

    आजतकका अनुसार भारतका लागि यो खतराको विषय हो, किनकी चीनले ठूलो पानी परियोजना विकास गर्न लागेको छ, जसले भारतको पानी  आपूर्तिमा अवरोध पुर्‍याउन सक्छ।

    चीनले तिब्बतमा सांस्कृतिक र धार्मिक स्वतन्त्रताको दमन गरेको आरोप लगाइएको छ । तर चीनले उक्त आरोपलाई अस्वीकार गरेको छ। शी जिनपिङले यो यात्रा पूर्वी लद्दाखमा गत वर्ष मेमा शुरू भएको भारत र चीनबीचको सैन्य अवरोधको बीच गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार