Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भुटानले एक हप्तामै ९० प्रतिशतलाई कोरोना खोप लगायो

    भुटानले एक हप्तामै ९० प्रतिशतलाई कोरोना खोप लगायो

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । भुटानले खोप लगाउन योग्य ९० प्रतिशत नागरिकलाई एक हप्ताभित्रै कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।

    खोप लगाउन योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले कोरोनािविरुद्धको खोप लगाएको छ । उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो ।



    भुटानको जनसङ्ख्या करिब आठ लाख छ । भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो ।



    संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले भुटानमा तीव्र गतिमा सञ्चालन गरिएको खोप कार्यक्रमलाई सफलताको कथा आशाको किरण भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार