Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • देउवा-ओली सम्बन्ध : दुबै मौन ,आक्कल-झुक्कल विरोध

    देउवा-ओली सम्बन्ध : दुबै मौन ,आक्कल-झुक्कल विरोध

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । ठूलो तिकडम गर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमेपछि बालकोटमा चुपचाप बसेका छन् । ओली चुप किन बसेका छन् भनेर धेरैलाई कौतुहलता छ । ओली छिटपुट रुपमा बोले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गरेका छैनन् ।

    देउवालाई बिच्काउन ओलीले चाहेका छैनन् । विगतमा पनि ओलीको आलोचना देउवाले गरेका थिएनन् । आक्कल-झुक्कल देउवाले विरोध गरे पनि ओलीले कहिल्यै पनि कांग्रेसको विरोध गरेका थिएनन् ।
    अहिलेको परिस्थिति बदलिएको छ । ओलीकै कारण सांसदहरूको सांसद बचेको छ । ओली संसदमा निकै कम आउने गरेका छन् ।  एमालेका सांसदहरूको पनि पातलो उपस्थिति हुने गरेको छ । विपक्षी बस्ने कुर्सीमा एमालेका सांसदहरू कम उपस्थिति हुने गरेको छ ।



    एमालेका वरिष्ठ नेता माधव नेपाल समूह सरकारलाई समर्थन गरिरहेको छ । ओली समूह सडक आन्दोलनमा जाने तयारीमा छ । प्रधानमन्त्री पद फुत्किएको तनाबमा ओलीले राष्ट्रिय युवा संघलाई निर्देशन दिएका छन् । ओलीकै निर्देशनमा बस्नेतले युथ फोर्स समेत बनाएका छन् ।
    एमालेले सत्ता गुमेको आवेगमा गरिरहेको सैन्य संरचरनाको विरोध भइरहेको छ । ओलीले आफूलाई बाहिर सक्रिय गराएका छैनन् । ओलीले सायद एक महिनापछि सरकारविरुद्ध आफूलाई जबरजस्त रुपमा अगाडि बढाउने संकेत गरेको हुनुपर्छ ।



    ओलीले शक्ति सञ्चय गरिरहेका छन् । आफैले विघटन गरेको संसदको बैठकमा बस्नेहरूलाई सांसद हुँ भन्ने अधिकार पनि नरहेको चर्चा भएका छन् । आफैले विघटन गरेको संसदमा ओलीलाई जान फिटिक्कै मन छैन । ओली नेतृत्वको एमालेका सांसदहरूलाई संसदमा बस्न लाज लाग्दैन भनेर प्रश्न उठ्न थालेका छन् ।
    ओलीले प्रतिनिधि सभाको बैठक अबरुद्ध गर्ने गरेर कार्यक्रमको तयारी गर्न पनि निर्देशन आएको छ ।

    ओलीले सत्ता गुमेको आवेगलाई थाम्ने प्रयासहरू भएका छन् । सार्वजनिक ठाउँ पाउँदा ओलीले अहिले पनि तीन घण्टासम्म बसेर छलफल गर्ने हैसियत राख्छन् ।

    यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार