Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पाकिस्तानको प्रधानमन्त्री बन्ने अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी गर्लफ्रेण्डको इच्छा

एजेन्सी – अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी गर्लफ्रेण्ड दावी गरिएकी पाकिस्तानी अभिनेत्री महविश हयातले पाकिस्तानी प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छिन्। उनले आफू अहिलेका प्रधानमन्त्री इमरान खान र उनको पार्टीबाट निकै प्रभावित भएको पनि बताएकी छिन्।

महविशले इमरान खान सत्तामा आएपछि पाकिस्तानमा धेरै राम्रा कुराहरु भएको पनि बताएकी छिन्। उनले एक क्रिकेटर प्रधानमन्त्री बन्न सक्ने भए आफू एक अभिनेत्री भएर पनि प्रधानमन्त्री बन्न सक्ने बताइन्।

आगामी चुनाबमा राजनीतिक रुपले इमरान खानलाई चुनौती दिन लागेको हो भन्ने प्रश्नमा महविशले आफूले इमरानलाई चुनौ’ती दिन नचाहेको तर पछि कसै न कसैले उनको ठाउँ लिनै पर्ने भएकोले इमरानपछि आफू प्रधानमन्त्री पदको लागि दावेदार हुन सक्ने बताइन्। उनले पीटीआइको सरकार आएपछि पाकिस्तानमा समाचको सोचाइमा परिवर्तन आएको बताइन्।

आफ्नो उद्देश्य देशमा सकारात्मक परिवर्तन ल्याउने भएको बताउँदै उनले आफ्नो सपना संसदमा पुगेर पूरा हुन्छ वा नयाँ पार्टी बनाएर भन्ने समयले देखाउने बताइन्। पछिल्लो समय महविश अण्डरवर्ल्ड ड’न दाउद इब्राहिमसँग स’म्बन्धमा रहेको केही मिडिया रिपोर्टमा दावी गरिएको छ। केही रिपोर्टमा यो सम्बन्धको कुरा बाहिर आएपछि दाउद निकै आ’क्रो’शित भएको र यो जानकारी सार्वजनिक कसरी भयो भन्ने जाँच गराइरहेको समेत दावी गरिएको छ।

रिपोर्टमा दाउदभन्दा २७ वर्ष कान्छी महविश दाउदकी सबैभन्दा ठूलो कमजोरी भएको दावी गरिएको छ। गत वर्ष महविशलाई ‘तमगा–ए–इम्तियाज’ सम्मान दिइएपछि यसबारे चर्चा सुरु भएको थियो।

दावी गरिएअनुसार दाउदले महविशलाई एक आइटम डान्सको क्रममा देखेका थिए र त्यतिबेलादेखि नै उनी महविशप्रति आकर्षित भएका थिए। त्यसपछि दाउदले महविशलाई कैयौं ठूला प्रोजेक्ट दिलाउन सहयोग गरेको पनि दावी गरिएको छ। दाउदको फिल्म उद्योगमा पुरानो पकड छ। उनको बलिउडका कैयौं हस्तीहरुसँग पनि नजिकको सम्बन्ध भएको दावी गरिन्छ। कराची र लाहोरका निर्माता निर्देशकसँग पनि उनको पुरानो सम्बन्ध छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077