Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सेलपेको वार्षिकोत्सवमा निशुल्क डाटा प्याक

    सेलपेको वार्षिकोत्सवमा निशुल्क डाटा प्याक

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि.ले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सक्रिय ग्राहकहरुलाई उपहार स्वरूप नेपाल टेलिकम तथा एनसेलको डाटा प्याक प्रदान गर्ने भएको छ । ग्राहकहरुले सेलपेमा रजिष्टर गरिएको आफ्नो मोवाईलमा श्रावण १६ गते नेपाल टेलिकम वा एनसेलको डाटा प्याक प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै उक्त योजना ल्याएको जनाएको छ । बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै वालेट बाट पनि कारोबार गर्न सकिने सेलपेद्वारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी गर्न सकिन्छ ।



    त्यसैगरी फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart त सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।



    यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् भने ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध रहेक पनि कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार