Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तीन दिनदेखि सम्पर्कविहीन प्रदेश सांसद सम्कर्पमा आइन्, भन्छिन्– ‘घाँटीको उपचार गराउँदै छु’

बुटवल – नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वली पार्टीको सम्पर्कमा आएकी छिन्। तीन दिनदेखि पार्टीसँग सम्पर्कविहीन भएकी उनी परिवारका सदस्यमार्फत सम्पर्कमा आएकी हुन्।

उनले आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन्। घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए।

‘परिवारका सदस्यले विमलाजी उपचारमा रहेको र साँझसम्म पार्टीको सम्पर्कमा आउने जानकारी गराउनुभएको छ’ प्रमुख सचेतक घर्तीले भने, ‘दुई तीन दिनदेखि पार्टीको सम्पर्कमा नआउदा थुप्रै आशंका उब्जिएको सत्य हो, साँझसम्म उहाँ आफैले पार्टीसंग सम्पर्क गर्नुहुन्छ होला।’

परिवारका सदस्यहरुले उपचारमा रहेको बताएपनि कस्तो स्वास्थ्य समस्या हो र कुन अस्पतालमा उपचाररत हो भन्नेबारे पार्टीलाई जानकारी नभएको दाङकै माओवादी केन्द्रकी सांसद दामा शर्माले बताइन्।

तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन्। पार्टीको शनिबार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताएका थिए। यसैबीच उनी एमालेमा प्रवेश गरेको आशंका गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077