Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘माधव नेपालको मनोप्रश्न – ओलीको ‘लात’ सहुँ कि प्रचण्डको ‘काखमा लुटुपुटु’ गरुँ ?’

    ‘माधव नेपालको मनोप्रश्न – ओलीको ‘लात’ सहुँ कि प्रचण्डको ‘काखमा लुटुपुटु’ गरुँ ?’

    निर्मल बाबु लामिछाने
  • आइतबार, १७ साउन २०७८
  • 2.6K
    SHARES

    निर्मल बाबु लामिछाने/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई यतिबेला सत्ता गठबन्धनसँगको सहकार्यले प्राप्त गरेको नतिजा निल्नु न ओकल्नु भएको छ।

    गत पुषमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चोटी प्रतिनिधिसभा विघटन गरेपश्चात् पार्टी अध्यक्ष समेत रहेका ओलीसँग चिढिएका नेता नेपाल आजको दिनसम्म पनि रुष्ट नै देखिएका छन्। नहुन् पनि कसरी आफैले बनाएको संबिधान उलंघन गरेर प्रतिनिधिसभा विघटन गरेका ओलीले पछिल्लो समय नेपाललाई पार्टीभित्र तल्लो स्तरमा राखेका छन्।



    कुनै बेला पार्टीमा महासचिव भएर १५ वर्षसम्म नेतृत्व गरेका नेपालालाई अध्यक्ष ओलीले गद्दार र देशद्रोहीसम्मको संज्ञा दिँदै आएका छन् । ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न विपक्षी पार्टीमा लागेर मुख्य भूमिका खेलेको भन्दै नेता नेपाल र उनी पक्षका सांसदहरुलाई स्पष्टीकरणदेखि लिएर कारवाही गर्नसम्म पनि पछि परेनन् ।



    अहिले ओली नेतृत्वको सरकार ढलेको छ, नेपालकै पार्टी एमालेको सरकार ढलेको छ, बालुवाटारमा राज गरेका एमाले अध्यक्ष ओली यतिबेला निजिनिवास बालकोट पुगेका छन् भने बूढानिलकन्ठमा सुतिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटारमा प्रवेश गरेका छन्।

    ओलीलाई बालकोट पुर्याउन र देउवालाई बालुवाटार छिराउन नेपालसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुशापकमल दाहाल प्रचण्डको पनि उत्तिनै भूमिका भने रहेको थियो। त्यसो त अन्य दलहरु जसपालगायत जनमोर्चा =सहितका दलहरुले प्रचण्ड-नेपाललाई साथ दिएका थिए।

    ओलीको एकलौटी निर्णयका कारण रुष्ट बनेका नेता नेपाल यतिबेला देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने द्विविधामा रहेका छन् । पार्टीको नियम र बिधान विपरित सरकारमा सहभागी हुने कि पार्टीमै समान हक र अधिकारसहित आफ्नो हक खोज्ने भन्नेमा लागेका बेला सरकारमा सहभागी हुन नेता नेपाललाई गठबन्धनका नेताहरुले दबाब दिएको बुझिएको छ।

    यद्यपि नेपाल पक्षकै केही सांसदहरुले गठबन्धनमा सहभागी हुने भनिरहेका बेला केही सांसदहरु भने पार्टी एकता गर्नु पर्ने भन्दै लागिपरेका छन्। दोस्रो तहका नेताहरुको दौडधुपले गर्दा केही सहज देखिएपनि पछिल्लो समय अध्यक्ष ओलीले नेपालप्रति प्रहार गरेका शब्दहरु कुनै लात भन्दा कमी भने छैनन्। यस्तो अवस्थामा नेता नेपाललाई अध्यक्ष ओलीको लात सहेर एमाले भित्रै संघर्ष गरेर बस्ने कि प्रचण्ड र देउवाको काखमा गएर लुटुपुटु गर्ने अन्यौल परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार