Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सडक विभागले पक्की पुल हावाले उडायो भन्दा सांसदहरु जिल्ल !

काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिमा रहेका सांसदहरु सडक विभागका पदाधिकारीहरूको कुराले आश्चर्यचकित (जिल्ल) बनेका छन्।

आइतबार संसद्को विकास तथा प्रविधि समितिमा विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका हुन् ।

बैठकमा सडक विभागका पदाधिकारीले क्षतिग्रस्त पुल तथा सडकको बारेमा जानकारी गरादै पृथ्वी राजमार्ग जोड्ने पुल हावाले उडाएको जानकारी गराएका थिए ।

पदाधिकारीहरुको यस्तो जानकारी पाएपछि बैठकमा रहेका सांसदहरू कमला रोका र मिनाक्षी झाले पक्की पुल कसरी हावाले उडाउँछ भन्दै प्रश्न गरे ।

हावाले पुल उडाएको त्यो कस्तो खालको पुल हो भन्दै आश्चर्य व्यक्त गरेकी सांसद कमला रोकाले असारे विकासका रूपमा कमसल काम गरेका कारण सडक पूर्वाधारमा क्षति हुने गरेको उल्लेख गरिन् । उनले कमला नदीमा भत्किएको पुलको कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरिन् । यस्तै सांसद मिनाक्षी झाले पनि हावाले पुल कसरी उडायो भन्दै आश्चर्य व्यक्त गरिन् ।

सडक विभागका अनुसार यो वर्ष मनसुनी वर्षाका कारण २ अर्ब १६ करोड हाराहारी सडक पुल पूर्वाधारमा क्षति भएको छ । यस्तै यो वर्ष २४ पक्की पुल बाढी पहिरोबाट क्षति भएको र ९ वटा पुल नदीले बगाएको विभागले समितिलाई जानकारी गराएको छ । मेलम्चीमा मात्रै ५ वटा पुल बगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077