Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षरसहितको पत्र

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखअमिक शेरचनसंग माग गर्दै निवेदन बुझाएका छन्।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख  शेरचनलाई संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि आह्वान गर्न निवेदन बुझाएका हुन् ।

एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका एमाले नेता शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ ।

हेर्नुहोस् पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077