Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिराहामा ठूलो मात्रामा लागूऔषध बरामद, एक जना पक्राउ

    सिराहामा ठूलो मात्रामा लागूऔषध बरामद, एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 2K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रहरीले भारी मात्रामा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

    आइतबार प्रहरीले सिरहाको लहान नगरपालिका वडा नम्वर १ बाट उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त टोलिले चेक जाँच गर्ने क्रममा को २६ प १८९ नम्वरको मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्वर ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त एव डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।



    पक्राउ परेका सिंहबाट चेकजाँचका क्रममा नाइट्राभेट १० लेखिएको ४ हजार ७ सय ४० वटा ट्याबेले, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल र डाईलेक्स डि.सी १ सय मिली लेखिएको ७ बोलत लागूऔषध बरामद गरिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार