Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • वीर अस्पतालको करोडौं घोटालामा मुछिएका जागेश्वर गौतम पदबाट बर्खास्त

    वीर अस्पतालको करोडौं घोटालामा मुछिएका जागेश्वर गौतम पदबाट बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 4.6K
    SHARES

    काठमाडौं । सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट डा. जागेश्वर गौतमलाई हटाएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखबाट हटाइएको स्रोतले जानकारी दियो।



    मन्त्रालय स्तरीय उच्च स्रोतका अनुसार गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।



    यसअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले गत १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको थियो।

    प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएको दिनदेखि नै डा गौतम स्वास्थ्य उपकरण खरिदमा करोडौं घोटाला गरेको, अस्पतालमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयले विवादमा मुछिदै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार