Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘एमाले भएर पनि होइनौं भन्ने’ पूर्वमाओवादी नेताहरुको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    ‘एमाले भएर पनि होइनौं भन्ने’ पूर्वमाओवादी नेताहरुको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । सांसद पदमा पुनर्वहाली गरी पाउँ भन्दै ४ जना पूर्वमाओवादी नेताहरुले दायर गरेको रिटमाथि आज सुनुवाइ भएको छ। सुनुवाइमा सर्वोच्च अदालतले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    सोमबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले  चार नेताको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।



    गत बुधबार नेकपा एमालेमा प्रवेश गरेको ४ महिनापछि ‘हामी एमाले होइनौं, माओवादी नै हौं’ हाम्रो सांसद पद पुनर्वहाली गरियोस् भन्दै पूर्वमाओवादीका चार नेताहरुले सर्वोच्चमा रिट दायर गरेका थिए।



    सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका थिए ।

    गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार