Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

असुलीमा सिडिओ र एसपी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला यतिबेला प्राकृतिक प्रकोपको महाबिपत्तीमा छ। मेलम्ची नदीमा निरन्तर आएको बाढीले आसपासमा ठूलो क्षती पु¥याएको छ। यस्तो बेला जिल्लाका सिडिओ र एसपीको ध्यान भने पैसामै छ, त्यो पनि प्राकृतीक स्रोतको दोहन गरेर।

अहिलेको वर्षाको समयमा पनि इन्द्रावती खोलाबाट ठूलो मात्रामा बालुवा निकाल्ने काम भइरहेको छ, त्यो पनि एक्साभेटर प्रयोग गरेर। सिडिओ, एसपी, स्थानीय तह तथा सबै दलका नेतालाई मिलाएर साउनको बेला यस्तो दोहन बढेको हो। जसले गर्दा खोलामा बाढीको जोखिम झन् बढेको छ।

सिन्धुपाल्चोकका सिडिओ अरुण पोखरेलले नै यसरी अवैध धन्दामा साथ दिएका हुन्। सिडिओ साब मिलेको भन्दै आफुले रोक्न नसक्ने भन्दै एसपी राजन अधिकारीले समेत मासिक पैसा बुझ्ने गरेको जिप्रका सिन्धुपाल्चोकका एक अधिकारी बताउँछन्।

‘काभ्रेमा सेटिङ मिलाउन सकेका रहेनछन्,’ ती अधिकारी भन्छन्,‘सिन्धुपाल्चोकमा भने खुलेआम रुपमा दिनभरी खोलाबाट बालुवा र गिट्टी निकालेर केही माथि ल्याएर थुपार्ने गरिएको छ।’ यसरी दिनमै सयौं ट्रक बालुवा र गिट्टी निकालिने भएकाले यसमा लाखौंको चलखेल रहेको प्रष्ट छ। यो समाचार दृष्टि न्यूजमा सम्प्रेषित छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077