Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नक्कली पेस्तोल देखार सहकारीलाई धम्की दिने २ जना पक्राउ

    नक्कली पेस्तोल देखार सहकारीलाई धम्की दिने २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।



    प्रहरीका अनुसार उनीहरुले कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएएका थिए।



    उक्त संस्थामा आइतबार दिउँसो बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले पेस्तोल देखाएर धम्की दिई फरार भएपछि खटिएको प्रहरीले उनीहरुलाई नक्कली पेस्तोल १ थान र उक्त स्कुटरसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार