Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ३,३८३ जनामा कोरोना पुष्टि हुँदा १,९९४ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु

    ३,३८३ जनामा कोरोना पुष्टि हुँदा १,९९४ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर १० हजार ६३८ जनाको आरटी–पीसीआर गर्दा २ हजार ४४८ जना र ६ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जना गरी आज ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।



    यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २ हजार ९७ जना पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ जना पुगेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९२२ जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार