Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्र संघको शान्ति मिसनमा जानुअघि लिइने परीक्षाको प्रश्नपत्र चोरी, प्रहरी प्रधान कार्यालयले चाल्यो यस्तो कदम

    राष्ट्र संघको शान्ति मिसनमा जानुअघि लिइने परीक्षाको प्रश्नपत्र चोरी, प्रहरी प्रधान कार्यालयले चाल्यो यस्तो कदम

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 3.2K
    SHARES

    काठमाडौं – प्रहरी प्रधान कार्यालय, नक्सालले परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको घटनाको छानबिन गर्न समति गठन गरेको छ। संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानुअघि लिइने प्रि–स्याट परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको पाइएपछि कार्यालयले सत्यतथ्य छानबिनका लागि समिति गठन गरेको हो।

    प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए।
    कुँवरका अनुसार युएन शाखाबाहेकका अधिकृत सम्मेलित समिति बनाइएको हो र समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने छ।



    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि–स्याट परीक्षाको प्रश्न पत्र दराजबाट चोरेको हुनसक्ने देखिएको छ। दुवैलाई निगरानीमा राखिएको स्रोतको भनाइ छ। शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरएको आशंकामा गरिएको थियो। त्यही आधारमा परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो।



    एक प्रहरी अधिकृतका अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा समेत प्रश्न पत्र पुगेको थियो। प्रहरी प्रधान कार्यालयमा शुक्रबार र शनिबार प्रि–स्याट परीक्षा भएको थियो। यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ।

    परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी थिए। यसअघि सन् २०१८ मा भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो। यसपटक पनि त्यस्तै हुन सक्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार