Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • यूएईले नेपालसहित ६ देशमाथि लगाएको प्रतिबन्ध हटायो

    यूएईले नेपालसहित ६ देशमाथि लगाएको प्रतिबन्ध हटायो

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ ।

    कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो।



    यात्रा प्रतिबन्ध हटाइएका छ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् ।



    यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन् ।’ तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ ।

    मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।

    संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीको कारण त्यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायीरूपमा रोक लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार