Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीले गरेको पुलिस एकेडेमी सार्ने निर्णय तत्काल खारेज गर्न १४ पूर्वआईजीपीहरुद्वारा देउवालाई ज्ञापन पत्र

    ओलीले गरेको पुलिस एकेडेमी सार्ने निर्णय तत्काल खारेज गर्न १४ पूर्वआईजीपीहरुद्वारा देउवालाई ज्ञापन पत्र

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 2K
    SHARES

    काठमाडौ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक(आईजीपी)हरुले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको लागि दिएकाे भन्दै आपत्ति जनाएका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५/०५/२१ गते प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको सुबिधा बढाउनका लागि प्रयोग गर्ने निर्णय गरेको थियो । त्यति बेला ओली सरकारले गरेको उक्त निर्णयको चौतर्फी विरोध र आलोचना समेत भएको थियो।



    आज यसै बिषयमा प्रहरीका १४ जना पूर्व आईजीपीहरुले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उक्त जग्गा राष्ट्रपति कार्यालयका लागि दिने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।



    ओली सरकारले गरेको उक्त निर्णय अदूरदर्शी, अव्यवहारिक र पूर्णतः अवैज्ञानिक भएकाे भन्दै उक्त निर्णय खारेज गर्न प्रधानमन्त्री देउवासमक्ष ज्ञापन पत्र बुझाएको पूर्वआईजीपी मोतीलाल बोहराले बताए ।

    ‘नेपाल प्रहरीका लगभग असी हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्वप्रहरीहरुको ऐतिहासिक एवं भावनात्मक सम्बन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको सुविधा बढाउनका प्रयाेग गरिनु प्रहरीको भावनामा कुठाराघात हुनु हो,’ ज्ञापनपत्रमा भनिएको छ।

    प्रहरीका पूर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्ति समेत रास्ट्रपति कार्यालयको सुबिधा बढाउनु पूर्णतः अवैज्ञानिक रहेको पूर्व आईजीपीहरुको ठहर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार