Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेसको १४ औँ महाधिवेशन :

    भदौ २३ पछि देउवालाई सभापति स्वीकार नगर्ने पौडेल पक्षको चेतावनी

    भदौ २३ पछि देउवालाई सभापति स्वीकार नगर्ने पौडेल पक्षको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आगामी भदौमा पार्टीको महाधिवेशन नहुने देखिएपछि सो मितिपछि शेरबहादुर देउवालाई सभापति नमान्ने चेतावनी दिएको छ।

    बिहीबार दिउँसो पौडेल पक्षका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको बैठकले आउँदो भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको पार्टीको १४औँ महाधिवेशन अनिश्चित भएको ठहर गर्दै भदौ २३पछि देउवालाई सभापति स्वीकार नगर्ने चेतावी दिएको हो ।



    चार वर्षका लागि सभपातिमा निर्वाचित भएका सभापति देउवाले पार्टी विधानले दिएको एक वर्ष र संविधानले दिएको थप ६ महिना कार्यकाल पूरा गर्दा पनि १४औँ महाधिवशेन हुने नदेखिएकाे उक्त बैठकले ठहर गरेको सहभागी एक नेताले जानकारी दिए ।



    छलफलमा पौडेलसँगै नेताहरु सिंह, महामन्त्री शशांक कोइराला, अर्जुन नरसिंह केसी, बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार