Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लागूऔषध कारोवारका ठूलो गिरोह प्रहरीको फन्दामा

    लागूऔषध कारोवारका ठूलो गिरोह प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    पोखरा । अवैध लागूऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ ।

    असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरीे अनुसन्धान थालिएकामा  भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य दुई  पनि पक्राउ परेका छन् ।



    लागुऔषधको कारोबार गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले रुपन्देही जिल्ला प्रहरी कार्यालय र बुटवल इलाका प्रहरी कार्यालयलाई उनीहरूको हुलियासहित विवरण पठाएको थियो ।



    रुपन्देहीको प्रहरी टोलीले साउन २१ गते बिहान बुटबल उपमहानगरपालिका–२ मैनाबगरमा लागुऔषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा बाँनियासहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की फेला पारेको थियो ।

    मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन र नवलपरासीकै सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन पनि लागुऔषध कारोबारमा सम्लग्न देखिएकाले उनीहरुमाथि पनि अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायब उपरीक्षक(डीएसपी) सुवास हमालले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार