Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ३,२१८ जनामा कोरोना पुष्टि हुँदा १,७२२ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु

    ३,२१८ जनामा कोरोना पुष्टि हुँदा १,७२२ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८६६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ । तीमध्ये ६ लाख ६७ हजार २७० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।



    जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२० संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १३८ संक्रमित भेटिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार