Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यस्तो रह्यो यो साताको सेयर बजार

    यस्तो रह्यो यो साताको सेयर बजार

    अनलाइन नेपाल
  • शनिबार, २३ साउन २०७८
  • 1.4K
    SHARES

    ग्राफिक्स : रासस

    काठमाडौं । जलविद्युत् कम्पनीको संस्थापक सेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।

    लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण सेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान सेयर बजारमा केन्द्रित भएको छ । सोही कारण सेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता रु १५ अर्बभन्दा बढी देखिएको छ ।



    साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यस साता तीन हजार १०० बिन्दुको यात्रा गरिरहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । केन्द्रीय बैंकले केही दिन पहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेको जस्तो देखिँदैन ।



    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर औसतमा २२६ कम्पनीको कूल १० करोड ४० लाख २४ हजार ९११ कित्ता सेयर कारोबार भयो । कूल रु ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ मूल्य बराबरको सेयर किनबेच भयो ।

    अझ रोचक कुरा त के भने नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा लगानी गर्नु जोखिम युक्त भनेको थियो । ५१ वटा कम्पनीहरुको सूचीमा अधिकांश जलविद्युत् कम्पनी थिए । जोखिमयुक्त भनिएकै कम्पनीहरुमा पनि आकर्षण देखिएको छ ।

    साताको पहिलो दिन लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको सेयरमा देखिएको थियो । सो दिन अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्यमा उछाल आएको थियो । जलविद्युत् उपसमूहको सेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको सेयर ३४.७८ बिन्दुले उकालो लागेको थियो ।

    त्यसदिन सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए । तर नेप्सेमा भने झिनो सुधार मात्रै भई १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको थियो ।

    ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको थियो । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता सेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए । त्यस दिनको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको नेप्सेको विवरणमा उल्लेख छ ।

    साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुग्यो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । त्यस दिन घलेम्दी हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो ।

    कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको सेयर परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लाग्यो ।

    साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचकले कीर्तिमान कायम ग¥यो । लगातार उकालो लाग्दै आएको नेप्सेले नयाँ इतिहास कायम ग¥यो । नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११।०९ मा पुग्यो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुग्यो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुग्यो । कूल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर रु ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो ।

    नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको सेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थान रही रु ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो ।

    साताको चौथो दिन बुधबार नेप्सेमा अर्को इतिहास कायम भयो । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा दोहोरो अंकको सुधार देखियो । त्यसदिन १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुग्यो । यो हालसम्मकै उच्च बिन्दु हो ।

    यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुग्यो । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको सेयर ओरालो लाग्यो भने छ उपसमूहको सेयर मूल्यमा वृद्धि भयो ।

    त्यसदिन पनि अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको सेयरमा आकर्षित भए । जलविद्युत् कम्पनीले संस्थापक सेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको सेयरमा चाप परेको छ । सोही आधारमा अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लाग्यो ।

    कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । त्यसदिन कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुग्यो ।

    सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आए पनि चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा ‘दोहोरो अङ्क’ को करेक्सन देखियो ।

    त्यसदिन नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुग्यो । कूल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए ।

    कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर उकालो लाग्दा ११ उपसमूहको सेयर भने ओरालो लाग्यो । त्यसदिन बजार बन्द हुँदा रु ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ बराबर पुग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ३० लाख ६१ हजार २९६ बराबरको कारोबार भयो ।

    साताभरमा जीवन विकास लघुवित्त ५२.२८, घलेम्दी हाइड्रोपावर ३९.०३, फस्ट माइक्रोफाइनान्स ३२.४०, कालिका पावर कम्पनी २९.९१, आँखु खोला जलविद्युत् कम्पनी २२.५५ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २०.४४ प्रतिशतले कमाए । त्यस्तै, चन्द्रागिरी हिल्स ७.९४, प्रभु इन्स्योरेन्स ६.३७, गुडविल फाइनान्स ६.१५, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर ५.२९ र ग्लोबल आइएमई लघुवित्रका लगानीकर्ताले ४.५४ प्रतिशतले गुमाए । – रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार