Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएकालाई अस्ट्राजेनेका खोप दिइने

    कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएकालाई अस्ट्राजेनेका खोप दिइने

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ। मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो।

    जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप आइपुग्ने बताएका छन्।



    सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए। सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो। उनले अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताए।



    ‘कोभिशिल्ड पनि अस्ट्राजेनेकाकै सूत्रमा बनेको खोप हो, अस्ट्राजेनेका खोप लगाउँदा यसले प्रभावकारिता बुस्ट गर्छ,’ उनले भने। आइतवार पनि जापानबाट खोप आउन लागेको जानकारी गराउँदै उनले आगामी सातासम्ममा १६ लाख नै खोप आइपुग्ने बताए।

    यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार