Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सरकारका न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै

    सरकारका न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै छ। सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिन लागिएको हो।

    \गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।



    कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार