Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सीमानामा सशस्त्र प्रहरीको ५ सय विओपी राख्ने लक्ष्य (तस्बिरहरु)

    सीमानामा सशस्त्र प्रहरीको ५ सय विओपी राख्ने लक्ष्य (तस्बिरहरु)

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 4.5K
    SHARES

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सीमानामा सशस्त्र प्रहरी बलको ५ सय बोर्डर आउट पोष्ट (बिओपी) राख्ने लक्ष्य रहेको बताएका छन् । सीमानामा अहिले सशस्त्र प्रहरी बलको २२६ वटा बिओपी छन् ।

    आज सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सशस्त्र प्रहरी सहायक निरीक्षक सि.सं. १४(क) आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री खाँणले सो कुरा बताएका हुन् ।



    कार्यक्रममा मन्त्री खाँणले कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै सशस्त्रलाई थप साधन स्रोत सम्पन्न बनाउने बताए ।  गृहमन्त्री खाँणले सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गरे ।



    यस्तै, कार्यक्रममा सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले सिमित श्रोत साधनका बावजुद पनि सीमा नाका र नेपाल ए.पि.एफ.अस्पताल लगायतका क्षेत्रमा सशस्त्रले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार