Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गाँउपालिकाका अध्यक्ष र लेखापालबीच लफडा, लेखापालको टाउको काट्ने धम्की !

    गाँउपालिकाका अध्यक्ष र लेखापालबीच लफडा, लेखापालको टाउको काट्ने धम्की !

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 2.1K
    SHARES

    फिदिम ।  तेह्रथुमको आठराई गाँउपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच भुक्तानीको विषयलाई लिएर आइतबार लफडा भएको छ। अध्यक्ष लिम्बू र लेखापाल थापाले एक अर्कालाई आँफूमाथि कुटपिट गरेका आरोप लगाएका छन्।

    मदिरा सेवन गरी हुलहुज्जत सहति गाँउपालिका पुगेका अध्यक्षले कार्यालयको प्राङ्गणमा लेखापाललाई बोलाएर हातपात गरेको स्थानीयको भनाइ छ।‘गैरकानुनी रुपमा भुक्तानी दिन दबाब दिंदै आएका अध्यक्षले म माथि हातपात गर्नुभयो’, लेखापाल थापाले भने, ‘भुक्तानीको विषयमा बिगतदेखि नै दबाब दिंदै आएका अध्यक्षले आइतबार भौतिक रुपमा आक्रमण गर्नुभयो।’ आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै थापाले सुरक्षाको माग गरेका छन्।



    लेखापाललाई आफूले हातपात नगरेको अध्यक्ष लिम्बूको भनाइ छ। फोन संवादको सुरुवातमा अफिसियल छलफलको विषयमा लेखापालसँग सामान्य विवाद भएको बताएका लिम्बूले संवादकै क्रममा लेखापालले आफूमाथि बक्सर प्रहार गरेको आरोप लगाए।



    ‘भुक्तानी किन रोकेको भनेर सोध्दा लेखापालले मुख चलाउनुभयो’, लिम्बूले भने ,‘किन मुख चालाएको भन्दा उल्टै मलाई बक्सर प्रहार गर्नुभयो।’ लेखापालले उपभोक्तालाई दुःख दिएको र दुई सय ५७ ओटा योजनाका फाइल थन्किएको लिम्बूको भनाइ छ। ‘लेखापालले मलाई बद्नाम गर्न भुक्तानी रोकिदिएको छ’, लिम्बू भन्छन्, ‘लेखापाल काँग्रेसको कार्यकर्ता भएर मलाई अप्ठ्यारो बनाए र गाँउपालिकाको बद्नाम गरे।’

    आगामी दिनमा आफ्नो आँखाले लेखापाल थापालाई देख्नु नहुने लिम्बूको हुंकार छ। ‘तेरो शिर छेदन गर्दिन सक्छु भनेको छु’, लिम्बूले भने, ‘म यो क्षेत्रको विद्वान पनि हो। यहाँको अध्यक्ष मात्रै हैन गुण्डा पनि हो। अबदेखि आठराई गाँउपालिकामा उसलाई देखे भने राम्रो हुँदैन।’

    लेखापालसँग कार्यालयका अन्य कर्मचारी पनि रुष्ट भएको लिम्बूको भनाई छ। आइतबार स्वास्थ्य शाखाका कर्मचारी र अर्का एक कर्माचारी आफ्नो साथमा भएको भए लेखापाल नबाँच्ने अध्यक्षको भनाइ छ। ‘कार्यालयका दुई जना कार्मचारी मेरो साथमा नभएकाले लेखापाल बाँच्यो’, अध्यक्षले भने, ‘को कर्मचारी भनेर म तपाईलाई भन्दिनँ। थप कुरा उपभोक्ताबाट बुझ्नुहोस्।’ फुच्चे लेखापालले आफूले भनेको नमान्दा समस्या हुने गरेको लिम्बू बताउँछन्।

    धेरै अगाडिदेखिको समस्या आइतबार बिस्फोट भएको लेखापाल थापाको भनाइ छ। ‘आठराई गाँउपालिका अलि फरक तरिकाले चल्दै आएको छ’, थापाले भने, ‘सबै कुरा इसारको भरमा गर्न सकिंदैन। कर्मचारीले कानुनी रुपमा पनि सुरक्षित भएर काम गर्नुपर्छ।’ अध्यक्षले पटक पटक गैरकानुनी रुपमा भुत्तानी दिन दबाब दिने गरेको थापाको भनाइ छ।

    आर्थिक वर्ष २०७७/०७८ मा आठराई गाँउपालिकामा चार सय ५० ओटा योजनाहरु रहेको र असार २३ गते मात्र योजनाको फाइलहरु कार्यालयमा आएको थापाले बताए। प्रक्रिया पुर्‍याएर काम गर्ने क्रममा असार ३० गते राती १२ बजेसम्ममा दुई सय ५७ ओटा योजनाको चेक काट्न नसकिएको उनले बताए। ‘सफ्टवेर बन्द भएपछि चेक काट्न सकिएन’, थापाले भने, ‘त्यही विषयलाई लिएर अध्यक्षले आक्रमण गर्नुभयो।’

    गाँउपालिकाको सभा बसेर प्रक्रियागत रुपमा सबै योजनाको भुक्तानी दिने सहमति भएको थियो। सहमति अनुसार प्रक्रिया अघि बढिरहेको बेला आफूमाथि आक्रमण भएको थापाले बताए। ‘यो बीचमा कोरोना संक्रमित भए’, थापाले भने, ‘बिरामी भएको बेला काम गर्न सम्भव थिएन।’ आइतबार कार्यालय हाजिर भएका लेखापाल थापालाई अध्यक्षले स्थानीय सरकारको शनिबार पनि काम गर्नुपर्छ भनेका थिए। शनिबार किन काम नगरेको ? किन भुक्तानी नदिएको भन्दै लिम्बूले आक्रमण गरेका थिए। न्नपुर्ण पोष्टमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार