Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • वीरमा मेडिकल माफियाहरुको चलखेल

    वीरमा मेडिकल माफियाहरुको चलखेल

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा मेडिकल माफियाहरुको चलखेल सुरु भएको छ ।

    तत्कालीन अस्पताल प्रमुख डा जागेश्वर गौतम स्वास्थ्य सामग्री खरिदमा करोडौंको घोटला गरेको आरोपमा मुछिएर बर्खास्तमा परेपछि डा. भूपेन्द्र बस्नेत वीरको प्रशासकीय प्रमुखमा नियुक्त भएका छन् ।



    डा. बस्नेत प्रमुख भएपछि २०७० देखि वीर अस्पतालको खरिद एकाई र सामाजिक एकाईमा अनियमिततामा संलग्न केही कर्मचारीहरु उनलाई पनि प्रभावित पार्ने खेलमा लागेको स्रोतले बताएको छ।



    स्रोतका अनुसार डा बस्नेतलाई मेडिकल माफिया मार्फत् प्रभावमा पारी पुनः वीर अस्पतालको मेडिकल स्टोर, प्याथोलोजी स्टोर, मेडिकल बोर्ड र खरिदमा आफू र आफूनिकटलाई नियुक्ति दिन लागिपरेका छन् ।

    ७ बर्षदेखि मेडिकल बोर्डको नक्कली सिफारिस बनाएर कर्मचारी समायोजनमा वीरमै रहन सफल टिकाराम पनेरु र अरूण महतो अस्पतालको कोभिड भ्याक्सिन बेचेर बदनाम भएकाहरु त्यही कायम रहन डा बस्नेतलाई दबाब दिइरहेका छन् ।

    ब्यापारीमार्फत् विदेश भ्रमण गर्दैआएकोे यो समूह हाल पनि नवनियुक्त अस्पताल प्रमुख बस्नेतलाई आफ्नो स्वार्थपूर्तिका लागि दबाब दिइरहेको स्वास्थ्यकर्मी संघका एक पदाधिकारीले बताए । उनका अनुसार कमाउधन्दामा लिप्त यो समूह मेडिकल ब्यापारी मार्फत् राति राति होटलमा भोजभतेर गरी भोलिपल्ट अस्पताल आएर हामी सबै खरिद र स्टोरका ब्यक्तिहरु सेटिङ गरिसकेका छौं भन्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेसका नेताहरुको नाम बेच्दै अस्पताल प्रमुखलाई बदनाम गरिरहेका छन्।

    स्वास्थ्य मन्त्रालय भने ती नक्कली मेडिकल बोर्डको सिफारिस लिएर वीर अस्पतालमा रजाई गर्दैआएकालाई सरुवा गर्ने तयारीमा छ । स्रोतका अनुसार डा.गौतम हटेपछि अस्पताल सुधार गर्ने उद्देश्यले आएका डा. बस्नेत ७ बर्षदेखि खरिददेखि सामाजिक इकाईमा बसेका विवादितहरुलाई संरक्षण गर्ने पक्षमा रहेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार