Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, १३ घाइते

    चीनमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, १३ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

    स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।



    घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।



    उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार