Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, ४,९०४ जना थपिदा २,११५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु

    कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, ४,९०४ जना थपिदा २,११५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमितको संख्या आज झन ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २,११५ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । १३ हजार २१७ जनाको पीसीआर तथा ५ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार १९४ र १ हजार ७१० जनामा कोरोना संक्रमण देखिएको हो ।



    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।



    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेका छन् । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार