Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निषेधाज्ञामा कडाइ : उल्लंघन गरी पसल खोल्ने र मास्क नलगाउनेलाई कारबाही

    निषेधाज्ञामा कडाइ : उल्लंघन गरी पसल खोल्ने र मास्क नलगाउनेलाई कारबाही

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    मकवानपुर । नेपालमा पछिल्ला केही दिनहरुमा कोरोना भाइरसको संक्रमण उकालो लागेको छ। अस्पतालमा कोरोना संक्रमितहरु भरिन लागेका छन्।

    बढ्दो संक्रमणलाई मध्यनजर गर्दै देशभरका विभिन्न स्थानमा निषेधाज्ञा लम्ब्याइनुका साथै कडाइ पनि गरिन थालिएको छ। यसैबीच बागमती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ।



    जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।



    उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने एक सय २३ जनालाई प्रतिव्यक्ति रु एक सयका दरले जरिवाना लिएर कारबाही गरेको छ। यसैगरी प्रहरीले आज आठ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार