Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रवेश पत्र देखाएपछि विद्यार्थीलाई खोप : यी हुन् केन्द्रहरु

    प्रवेश पत्र देखाएपछि विद्यार्थीलाई खोप : यी हुन् केन्द्रहरु

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौं – सरकारले विद्यार्थीलाई प्राथकिमतामा राखेर कोरोना भाइरसविरुद्धको खोप दिन निर्देशन दिएको छ। कोरोना भाइरसको संक्रमण दर बढेसँगै सरकारले विद्यार्थीहरूलाई खोप दिने निर्णय भएको हो।

    परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार विद्यार्थीहरूलाई भेरोसेल वा अस्ट्राजेनिकामध्ये एक खोपको पहिलो मात्रा लगाइदिन आग्रह गरिएको छ।



    गौतमका अनुसार खोप लगाउन काठमाडौंमा चार वटा केन्द्र तोकिएको छ। प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको बताइएको छ।



    अहिले कोरोना संक्रमण वृद्धि भइरहेका बेला त्रिविलगायत विश्वविद्यालय तथा विद्यालयहरूले विद्यार्थीलाई भौतिक रुपमै परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा लिइरहेका छन्।

    परीक्षा केन्द्रबाटै कोरोना सर्न सक्ने जोखिम रहेको बताउँदै विद्यार्थीले विरोध गरेपछि सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनका नेताहरूले आन्दोलन गरेका थिए। मंगलबार काठमाडौंको पद्मकन्या क्याम्पसमा स्नातक तहका विद्यार्थीले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि सरकारले प्रवेशपत्र देखाएर खोप लगाउने व्यवस्था गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार