Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अन्ततः भोलि जारी हुने भयो मौद्रिक नीति

    अन्ततः भोलि जारी हुने भयो मौद्रिक नीति

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अन्तत: मौद्रिक नीति साउन २९ गते शुक्रवार सार्वजनिक हुने भएको छ ।

    राष्ट्र बैंक स्रोतका अनुसार लामो समयदेखि अन्यौलतामा रहेको मौद्रिक नीति भोलि सार्वजनिक गर्न लागिएको हो ।



    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकका लागि आफूले सबै प्रक्रिया र तयारी सकेको पटक पटक जनाउँदै आएको थियो । तर, अर्थ मन्त्रालयबाट सो नीति सार्वजनिक गर्न भने अनुमति नपाउँदा रोकिएको मौद्रिक नीति अपेक्षित समय भन्दा झण्डै एक महिना ढिलो सार्वजनिक हुन लागेको हो ।



    नियमित बैङ्किङ गतिविधिदेखि बजेट कार्यान्वयनका धेरै विषयहरू मौद्रिक नीतिका कारण अलमलमा रहँदै आएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बित्न लाग्दा समेत मौद्रिक नीति जारी नहुँदा विभिन्न आर्थिक नीति र नियमहरूलाई कार्यान्वयन गर्न समस्या परेको सबै पक्षबाट गुनासो आइरहेको छ ।

    यसअघिका हरेक जसो सप्तान्तमा मौद्रिक नीति जारी हुने भन्दै अनौपचारिक रूपमा मिति तोक्ने र त्यसलाई टार्न काम हुँदै आएको थियो । गभर्नरदेखि राष्ट्र बैंकका माथिल्लो तहका सबै कर्मचारीहरूले मौद्रिक नीति जारी गर्न ढिलाइ हुँदै गएकोमा विभिन्न ढङ्गबाट असन्तुष्टि समेत व्यक्त गर्न थालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार