Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • शान्ति मिसन प्रश्न चोरी प्रकरण : प्रि–स्याट परीक्षा रद्द

    शान्ति मिसन प्रश्न चोरी प्रकरण : प्रि–स्याट परीक्षा रद्द

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको ‘प्रि–स्याट’को परीक्षा रद्द गरिएको छ ।

    गत साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालयको युएन शाखाले आन्तरिक रुपमा प्रि–स्याटको परीक्षा लिएको थियो । उक्त परीक्षा अगावै सबै प्रश्नपत्र चोरी भएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सम्पूर्ण परीक्षा रद्द गरिएको जानकारी गराएको हो।



    प्रश्नपत्र लिक भएको विषयमा छानबिन गर्न डिआइजी वसन्त लामाको संयोजकत्वमा समिति बनेको थियो । सो समितिले प्रश्नपत्र लिक भएको पुष्टि गरेसँगै यसअघि लिइएको परीक्षा रद्द गरिएको हो ।



    सई थापासहित ३ जना बर्खास्त, एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    हवल्दारको बयानले हंगामा, भयो यस्तो खुलासा 

    छानबिनका क्रममा युएन शाखाका परिचर सुरेश बमले प्रि–स्याटको प्रश्नपत्र परीक्षा अगावै चोरी गरेको पाइएको थियो। उनले साइबर ब्यूरोमा कार्यरत रहेका हवल्दार कुमार शाहको योजनामा प्रश्नपत्र चोरी गरेको बयान दिएका थिए।

    उनले साइबर ब्यूरोमा कार्यरत रहेका हवल्दार कुमार शाहको योजनामा प्रश्नपत्र चोरी गरेको बयान दिएका थिए । चोरीमा प्रत्यक्ष संलग्न भएको आरोपमा बम र शाहसँगै सई जनक थापालाई समेत सेवाबाट बर्खास्त गर्नुपर्ने सुझाव दिइएको छ ।

    भाइबर, म्यासेन्जर, ह्वाट्एप लगायत गरी विभिन्न सामाजिक सञ्जाल र भेटेर दिइएको गरी १९९ जनासँग प्रश्नपत्र पुगेको थियो । जसमा ३५ जना मध्ये २४ जनालाई भने सामान्य सचेत गराउन सिफासि गरिएको छ । ३५ जना मध्ये बाँकी ११ जनालाई भने विभागीय कारबाहीदेखि बर्खास्तसम्मका लागि सिफारिस गरिएको छ । युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका एसपी बेद विष्ट, इन्सपेक्टर इश्वरी भण्डारीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ । उनीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष समितिको छ ।

    त्यसैगरी, डीएसपी रुपेश खड्का, डीएसपी सुगन्ध श्रेष्ठ, इन्सपेक्टर दिलिप क्षेत्री, सई केदार तिमल्सिना, सई सुनिल भण्डारी, सई केशव कार्की, असई अशोक कार्की, जवान सुनिता नेपालीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

    प्रहरी हेडक्वाटरबाटै प्रश्नपत्र चोरी भएको निष्कर्ष, डिएसपीसहित ११ प्रहरीलाई कारबाहीको सिफारिस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार