Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ‘बोल्न सिन’ दिने राधिका आप्टेलाई पनि राज कुन्द्रा पोर्नोग्राफी प्रकरणमा जोडियो

    ‘बोल्न सिन’ दिने राधिका आप्टेलाई पनि राज कुन्द्रा पोर्नोग्राफी प्रकरणमा जोडियो

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 2.1K
    SHARES

    एजेन्सी – बलिउन अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा मुम्बई क्राइम ब्रान्चको हिरासतमा छन्। पोर्नोग्राफी मुद्धामा पक्राउ परेका उनलाई हिरासतमा राख्न अदालतले अनुमति देखिएको थियो।

    राज कुन्द्रा पक्राउ परेपछि बलिउडमा हंगामा नै मच्चिएको थियो। यस प्रकरणमा केही सनसनीपूर्ण खुलासाहरु पनि भएका थिए र भइरहेका पनि छन्। यसैबीच राज कुन्द्रा प्रकरण बलिउड अभिनेत्री राधिका आप्टेलाई पनि जोडिएको छ।



    पोनोग्राफी प्रकरणमा समेत जोडेर उनलाई बहिस्कार गर्ने अभियान शुरु भएको छ। राधिकालाई अश्लीलता फैलाएको आरोपमा ट्विटरमा बहिस्कार अभियान थालिएको हो। शुक्रबार ट्विटरमा राधिका आप्टेलाई ‘बायकट’ गर्नुपर्ने माग गरिएको छ। जसमा करिब २४ हजारले राधिकालाई ट्विटरमा ‘३द्ययथअयततच्बमजष्पबब्उतभ’ मा ट्वीट गरिसकेका छन्।



    सुरुमा एक ट्विटर प्रयोगकर्ताले बोल्ड सीन सेयर गर्दै ‘यी अभिनेत्रीको फिल्म र फोटो यति धेरै बोल्ड छ कि कतै पनि सेयर गर्न सकिँदैन। यसले अश्लीलता फैलाउँछ। देशका लागि यसलाई बायकट गर्नुस्।’ त्यसमा नै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो भारतीय संस्कारको विरुद्ध हो। यसलाई बायकट गर्नुस्।’ यसरी शुरु भएको यो अभियानमा धेरैजना जोडिइसकेका छन्।

    बलिउडमा आप्टे पनि बोल्न सिन दिन माहिर मानिन्छन्। उनी ‘बोल्ड’ फोटो, भिडियोको कारण चर्चा र विवादमा आउँछिन्। राधिकाले ‘अंधाधुन’, ‘पाच्र्ड’, ‘पैडमैन’, ‘मांझीः द माउंटेन मैन’, ‘बदलापुर’, ‘सेक्रेड गेम्स’ जस्ता चर्चित फिल्ममा पनि काम गरिसकेकी छन्। जसमा उनको भूमिकालाई दर्शकले रुचाएका थिए। तर, हाल अश्लिलता फैलाएको आरोपमा उनलाई बहिस्कार गर्ने अभियान चलाइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार