Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गण्डकीमा एमालेले बनाएको छाया सरकारको मुख्यमन्त्री बने रेग्मी

    गण्डकीमा एमालेले बनाएको छाया सरकारको मुख्यमन्त्री बने रेग्मी

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

    साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको एमालेले प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बनाएको हो ।



    मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मीले चयन भएका छन् । सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ चयन भएका छन् ।



    भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला छन् । संयोजक बस्नेत यस अघि सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।

    त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्व मन्त्री विकास लम्साललाई संयोजक बनाइएको छ । सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेका छन् । संयोजक लम्साल यस अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका थिए ।

    सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगरलाई चयन गरिएको छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट रहेका छन् । संयोजक पुन यस अघि सामाजिक विकास मन्त्री समेत बनेकी थिइन् ।

    त्यसैगरी पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन बनेका छन् । सदस्यमा पुष्पा केसी भण्डारी चयन भएकी छन् । त्यस्तै अर्थ मन्त्रालयको संयोजक इन्द्रलाल सापकोटा बनेका छन् । सदस्यमा कृष्ण बहादुर थापा रहेका छन् ।

    भूमि, व्यवस्था,कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ चयन भएका छन् । सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली चयन भएका छन् ।

    ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ चयन भएका छन् । सदस्यमा धनञ्जय दवाडी चयन भएका हुन् ।

    पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी चयन भएका छन् । सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार